सुचना, समाचार र मनोरन्जन

‘चोर बिरालो पल्क्यो’की गायिका श्रीदेवी र दयालुको ‘छोडेन कामैले’लाई दर्शकको साथ,कट्यो मिलियन भ्युज

काठमाडौँ :

गायक दयालु देवकोटा र गायिका श्रीदेवी देवकोटाको संयुक्त आवाजमा नयाँ तीज गीत ‘छोडेन कामैले
’सार्वजनिक भएको छ। हरितालिका तीजलाई लक्षित गरी तयार पारिएको यस गीतले दश लाख ५० हजार भ्युअर्स कमाई सकेको छ। गीत संगीतमा दर्शकको खडेरी चलेको समयमा यो गीतले सर्वाधिक भ्युअर्स बटुलेको हो। साथै सकरात्मक कमेन्ट समेत बटुलेको छ।

Chaka Panja

दयालु देवकोटाको लय तथा गायिका श्रीदेवीकै शब्द रचनामा तयार पारिएको यो गीतको भिडियोको चर्चा चुलिएको छ। गायक दयालु देवकोटाकै आधिकारिक युट्युब च्यानलबाट रिलिज भएको यो गीतमा संगीत संयोजन तथा मिक्सिङ जय देवकोटाले गरेका छन्। साथै रेकर्डिङ यूकेस्थित तरङ्ग स्टुडियो र गङ्गा राम राई प्लेटफर्म स्टुडियोमा तपार पारिएको निर्माण पक्षले जनाएको छ।

उक्त गीतको भिडियो निर्देशन प्रबिन थापाले गरेका छन्। गीतको भिडियोमा चर्चित मोडल स्मारिका ढकाल र कलाकार राजराम सिम्खडाको अभिनय देख्न सकिन्छ। महेश महराको छायांकन,अमृत चापागाँईले सम्पादन गरेका हुन् भने कलाकारहरूको श्रृङ्गार (मेकअप) गीता तामाङले सम्हालेकी छन्। यूके बसोबास गर्दै आएका गायक दयालु र श्रीदेवीको गायनमा दर्शकले रुचाएका हुन्। गायिका श्रीदेवीले यसअघि ‘चोर बिरालो’,‘ओली बाको रे’,‘गालैमा कोठी’,‘ढाडे बिरालो’लगायत चर्चामा आएका थिए।

Leave A Reply

Your email address will not be published.