काठमाडौं :
बलिउड फिल्म ‘सिंघम अगेन’को नेपाल प्रदर्शन शुक्रबारदेखि रोकिने भएको छ । अजय देवगन स्टारर अभिनित यो फिल्मको प्रदर्शन रोकिदा अभिनेत्री नीता ढुङ्गाना अभिनित फिल्म ‘ह्रस्वदीर्घ’लाई फाइदा पुग्ने देखिन्छ।
शुक्रबाटबार प्रदर्शनमा आउन लागेको नीताकै निर्माणमा बनेको यो फिल्मको शो बढ्ने देखिन्छ। ‘सिंघम अगेन’का वितरक ए–एटले नेपालमा सिंघम अगेनको प्रदर्शन रोक्न लागेको जानकारी दिएका हुन्।
‘सिंघम अगेन’ रोकिंदा यसको प्रत्यक्ष लाभ अहिले हलमा चलिरहेको सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ र शुक्रबारदेखि लाग्न लागेको ‘ह्रस्व दीर्घ’लाई मिल्ने देखिएको हो। चन्द्र पन्तको निर्देशनमा निर्माण भएको फिल्ममा नीताका अलवा हरिहर अधिकारी,रेखा थापा,विपना थापा लगायत भारतिय कलाकारहरुले अभिनय गरेका छन्। यो फिल्मको गीत ट्रेलरका साथै टिजरको समेत चर्चा रहेको छ।