सुचना, समाचार र मनोरन्जन

भदौ २६ मा आउँदै ‘अक्षरा’ : कृष्ण जन्माष्टमीको अवसरमा बौद्धमा गरियो रथयात्रा

काठमाडौं :
भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ टिमले फिल्मको प्रमोसनमा जुटेको छ। फिल्म प्रदर्शनमा आउन एक साता बाँकी छँदा निर्माण पक्ष प्रमोसनमा जुटेको हो। कृष्ण अष्टमीको अवसर पारेर निर्माण टिम सहित कलाकारले रथयात्रा गरेको छ।
शुक्रबार बौद्धमा फिल्मका मुख्य कलाकार सुशील सिटौला,पुस्कर राउत,फिल्म निर्देशक विनयराज पौडेल,तथा निर्माताहरुको उपस्थिति रहेको थियो।
निर्देशक पौडेलले भने,‘फिल्मको प्रदर्शन नजिकिदै गर्दा अब प्रमोसनको कामलाई अगाडी बढाउन थालेका हौँ। के गर्नु फिल्म चल्ने दिन आइसक्यो,प्रमोसन पनि नगरी भाको छैन। गर्नै पर्यो।’
गत दश १० रसुवाको भोटेकोशीमा आएको बाढी पहिरोको कारण स्तव्ध बनेको निर्माण टिम आफ्नो फिल्मको प्रमोसनमा लागेको हो। हिजो मात्रै यस फिल्मकी अभिनेत्री न्यान्सी खड्काले नुवाकोटका विभिन्न स्थानमा बाढीपिडितलाई राहतका सामाग्री बाँडेर फर्किएकी थिइन्।
विनयराज पौडेल निर्देशित यस फिल्ममा न्यान्सीका अवला सुशील सिटौला,सुशील पोखरेल,उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत,रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय छ। दिपेन बस्न्यातको छायांकन रहेको यस फिल्ममा गौतम खड्काले सम्पादन गरेका हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता सोनी थापा हुन् । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता हुन्।
Leave A Reply

Your email address will not be published.