सुचना, समाचार र मनोरन्जन

सुशील सिटौला र न्यान्सी खड्का स्टारर फिल्म ‘अक्षरा’ फ्लोरमा

काठमाडौँ :

निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहने चलचित्र‘अक्षरा’ को औपचारिक छायांकन सुरु भएको छ। निर्माण पक्षले सोमबारदेखि काठमाडौँबाट चलचित्रको सुटिङ सुरु गरेको हो। केही दिनअघि गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गरिएसँगै फिल्म निर्माणको प्रक्रिया फ्लोरमा पुगेको हो।

Chaka Panja

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी लगायतका कलाकारको मुख्य अभिनय रहनेछ। चलचित्रको छायांकन तालिका एक महिनाको तय गरिएको छ। लामो समय सहायक निर्देशकका रूपमा अनुभव बटुलेका विनयराज पौडेलले ‘अक्षरा’ मार्फत निर्देशनमा पाइला चालेका हुन्।

निर्देशक पौडेलका अनुसार कलाकारहरूलाई कार्यशाला (वर्कसप) गराएर मात्र छायांकन सुरु गरिएको हो। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको यस चलचित्रलाई सुरज थापाकाजीले कार्यकारी निर्माण गरेका हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताका रूपमा रहेका छन्। दिपेन बस्न्यातले छायांकन गरिरहेको यस चलचित्रलाई नेशनल सिने ग्रुपमार्फत दीपक दंगालले वितरण गर्नेछन्।

Leave A Reply

Your email address will not be published.