सुचना, समाचार र मनोरन्जन

टंक बुढाथोकी र पूजा शर्माबीच फिल्म ‘मन विनाको धन २’ का लागि सम्झौता

काठमाडौँ :

गत वर्षको सफल चलचित्र ‘मन विनाको धन’को सिक्वेल निर्माण हुने भएको छ। बक्स अफिसमा ४ करोड ग्रस कलेक्सन गर्न सफल उक्त चलचित्रको सिक्वेल ‘मन विनाको धन २’ को निर्माण घोषणा गरिएको हो।

आइतबार टंक बुढाथोकी प्रोडक्सन र अभिनेत्री पूजा शर्माबीच फिल्मका लागि औपचारिक सम्झौता भएको छ। टंक बुढाथोकीले नै निर्देशन गर्ने यस चलचित्रमा पूजा मुख्य भूमिकामा अनुबन्धित भएकी हुन्। फिल्ममा जोडिन पाउँदा आफू उत्साहित रहेको बताउँदै पूजाले पारिवारिक कथावस्तु र टिम मन परेकाले काम गर्न तयार भएको उल्लेख गरिन्।

टंक बुढाथोकीकै कथा र संगीत रहने यस चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। विष्णु माया मैनालीले निर्माण गर्ने यो चलचित्र टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुति हो। निर्माण पक्षका अनुसार फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ भने आगामी भदौबाट छायांकन सुरु गरिनेछ। अन्य कलाकारहरूको टुंगो भने लाग्न बाँकी छ।

Leave A Reply

Your email address will not be published.