सुचना, समाचार र मनोरन्जन

बगलामुखीमा ‘चिरञ्जीवी भव’को स्क्रिप्ट पूजा,हरिवंश र प्रियंकासँगै प्रशंसाको डेब्यु

काठमाडौँ :

वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहने चलचित्र ‘चिरञ्जीवी भव’को औपचारिक शुभमुहूर्त गरिएको छ। ललितपुरको बंगलामुखी मन्दिरमा शुक्रबार स्क्रिप्ट पूजा गर्दै निर्माण टिमले चलचित्रको शुभमुहूर्त गरेको हो। शुभमुहूर्तको पहिलो सट हरिवंश आचार्यले दिएका थिए।

Chaka Panja

गत वर्षको सफल चलचित्र ‘परान’ का निर्देशक दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बन्ने यस चलचित्रमा हरिवंशका साथै प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, प्रशंसा रायमाझी,’हरिश’निरौला (कक्रोज),सुमन कार्की र सुस्मिता कुँवरलगायतको अभिनय रहनेछ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्र आगामी जेठ १५ गतेबाट छायांकनमा जाने तयारीमा छ। काठमाडौँ, धनकुटा र सुनसरीमा ४५ दिनको तालिका राखेर खिचिने यस चलचित्रलाई आगामी माघ १ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

कुमार कट्टेलको कथामा आधारित यस ‘सोसल ड्रामा’ ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई समेट्नेछ। चलचित्रको पटकथा लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन्। उमेशकुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा गजित विष्ट र शैलेश खत्री रहेका छन्।

Leave A Reply

Your email address will not be published.