सुचना, समाचार र मनोरन्जन

न्यान्सी र सुशील अभिनित ‘अक्षरा’लाई डिजिटल राइट्स मुभिज डिजिटेनमेन्टले किन्यो

काठमाडौँ :

विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘अक्षरा’को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले खरिद गरेको छ। सम्झौताअनुसार अब यस फिल्मका सम्पूर्ण डिजिटल सामग्रीहरू मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुनेछन्। फिल्मको निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधिहरू प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो।

निर्देशक पौडेलका अनुसार चलचित्रको युट्युब प्रतिलिपि अधिकार बिक्री भइसकेको छ। अब दर्शकहरूले चलचित्रका गीत, ट्रेलर तथा सम्पूर्ण सामग्री सोही युट्युब च्यानलमा हेर्न पाउनेछन्। आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको यस फिल्मको बजारमा राम्रो चर्चा छ। फिल्मलाई लिएर निर्माण टोली निकै उत्साहित देखिएको छ।

Pach Pandav

ब्लकबस्टर फिल्म ‘१२ गाउँ’की अभिनेत्री न्यान्सी खड्का र अभिनेता सुशील सिटौलाको मुख्य भूमिका रहेको यस चलचित्रमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी,अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहेको छ। त्यसैगरी बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि अभिनय गरेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोनी थापा ढुङ्गानाको प्रस्तुति रहेको छ। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको यस चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। यस चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।

यस फिल्ममा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ । दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘अक्षरा’लाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।

Leave A Reply

Your email address will not be published.