सुचना, समाचार र मनोरन्जन

‘चमेलीको पोइ’ को ‘ओइ ओइ चमेली’ मा टिकटक डान्स तथा कन्टेन्ट प्रतियोगिता, चार विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कार

काठमाडौं । 

निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशित नयाँ नेपाली फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तम्रा शेरे खोइ..’सार्वजनिक भएसँगै निर्माण पक्षले टिकटक डान्स तथा कन्टेन्ट क्रियसन प्रतियोगिता घोषणा गरेको छ।

निर्माण ब्यानरका अनुसार TikTok, Facebook, Instagram Reels तथा YouTube Shorts मा ‘ओइ ओइ चमेली..’ गीतमा आधारित भिडियो निर्माण गरी प्रतियोगीतामा भाग लिन सकिनेछ। सहभागीले भिडियो पोस्ट गर्दा #Chamelikopoi, #Ashoj16CKP र #OioiChameli ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।

प्रतियोगितामा उत्कृष्ट चार जना विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । जसमा प्रथम पुरस्कार स्वरुप ५० हजार,द्वितीय पुरस्कार ३० हजार,तृतीय स्थान हासिल गर्नेलाई १५ हजार र चौथो पुरस्कार ५ हजार रुपैयाँ रहेको छ। विजेता छनोट भिडियोको मौलिकता,प्रस्तुति र सिर्जनात्मकताका आधारमा गरिने निर्माण पक्षले जनाएको छ।

सार्वजनीक गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशी को स्वर,निर्देशक एभरेष्ट सूर्य बोहरा को शब्द तथा राजनराज शिवाकोटी कै संगीत छ। कबिराज गहतराज को कोरियोग्राफी रहेको गीतमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर्ड छन्।

पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको यो फिल्मबाट करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) ले नेपाली चलचित्रमा पुनरागमन गरेका छन्। फिल्ममा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई,रबिन्द्र झा,गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा र अनुष्का नारायण लगायतका कलाकारको अभिनय रहेको छ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मको छायांकन शेरबहादुर तामाङले गरेका हुन्। फिल्मका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् भने उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेका छन्। सहनिर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदीपकुमार सापकोटा छन्। धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जन को द्वन्द्व निर्देशन, बन्दे प्रसाद को सम्पादन रहेको छ भने आरआर फिल्म्स ले वितरण गर्नेछ।  फिल्म असोज १६ गतेबाट प्रदर्शनमा आउदैछ।

Leave A Reply

Your email address will not be published.