सुचना, समाचार र मनोरन्जन

‘एक्टर : टेक वन’ कथामा जतिकै बलियो प्राविधिक पक्ष रहेको निर्देशक भुसालको दाबी

काठमाडौं :

माघ १६ गते रिलिज हुन लागेको फिल्म ‘एक्टर : टेक वन’ ले नेपाली फिल्म क्षेत्रको फरक दृष्टिकोण प्रस्तुत गर्ने यसका निर्देशक राजन भुसालले बताए। उनले फिल्मको कथा र प्राविधिक पक्ष नै सशक्तता रहेको सुनाए। उनले यो फिल्ममा कथात्मक गहनतालाई प्राथमिकतामा राख्दै आफुले फिल्म उद्योगका लागि विशेष बनाउन प्रयास गरेको बताए।

उनले पत्रकारसँगको कुराकानीमा भने,‘एक्टर : टेक वन’लाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डमा निर्माण गरिएको छ।’

Gandarbha

उनका अनुसार, फिल्मलाई केवल कथा भन्ने माध्यमको रूपमा मात्र नहेरी प्राविधिक रूपमा पनि सशक्त बनाउने प्रयास गरिएको छ। उनी थप्छन्,‘चलचित्र भनेको कथा वाचन मात्र नभई प्राविधिक पक्षले पनि दर्शकलाई प्रभाव पार्न सक्नुपर्छ। यो चलचित्रले प्राविधिक रूपमा बलियो मान्यता कायम राख्नेछ।’

यहि फिल्मबाट अभिनेतार राजबल्लभ कोइरालाले १० वर्षपछि नेपाली फिल्ममा फर्कन लागेका छन्। उनी हिजो शनिबार यो फिल्मको प्रिमियरका लागि नेपाल आइपुगेका छन्। फिल्मको ट्रेलरमा अभिनेता प्रदिप खड्काको सङ्घर्ष र कलाकार बन्ने सपनाको चित्रणले दर्शकलाई आकर्षित गरेको छ । यसले सफलता प्राप्त गर्ने प्रक्रियामा अभिनेताले कठिनाइको सामना गर्नुपरेको देखाउँछ। यद्य

यस फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका छन्। यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सहनिर्माता अनीश भुसाल रहेका छन्। यो फिल्म यहि बुधबार अर्थात माघ १६ गतेबाट हलमा लाग्दैछ।

Leave A Reply

Your email address will not be published.