सुचना, समाचार र मनोरन्जन

सुनिलको निर्देशनमा खेम र मेलिनाले ल्याए ‘सल्ले वनको डल्ले च्याउ’

काठमाडौं :

सुनिल बिकको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच यो गीतको भिडियो रिलिज गरिएको हो।

गीतमा पछिल्लो समय लोक दोहोरीका चर्चित गायक तथा संगीतकार खेम सेञ्चुरी र मेलिना राईले गीतलाई गाएका छन्। नेत्र अर्यालको शब्द रचना रहेको गीतमा प्रभात पाल ठकुरी, उषा उप्रेती, बद्री प्रसाद तिवारी, कमलमणी नेपाल, जानकी परियार लगायतका कलाकारको अभिनय रहेको छ ।

सार्वजनिक गीतको कथा पनि निर्देशक सुनिल बिकले तयार गरेका हुन् । गीतको भाव अनुसार नै गीतको कथा बुनिएको निर्देशक बिकले गीत रिलिज कार्यक्रममा बताए । यो भिडियोको पोष्ट प्रोडक्सनको काम आगामी चैत्र २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वसन्त’ निर्माण कम्पनि गलबन्दी प्रोडक्सनमा गरिएको हो । निर्देशक सुनिल वसन्तका मुख्य सहायक निर्देशक समेत हुन् ।

ब्ल्याक बी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, रोशन विश्वकर्माको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रंग सयोजन, प्रविन भट्टको सम्पादन रहेको छ । शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियो सल्ले वनको डल्ले च्याउ निर्माणमा सहयोग गरेको भन्दै निर्देशक सुनिल बिकले विशाल सुनार, कमल सुनार र दिन श्रीरिषप्रति आभार प्रकट गरेका थिए ।

Leave A Reply

Your email address will not be published.