सुचना, समाचार र मनोरन्जन

फिल्म ‘पुर्णबहादुरको साराङ्गी’को सफलतापछि विजय बराल ‘जनै हराएको बाहुन’ बन्दै

काठमाडौं :

फिल्म ‘पुर्णबहादुर साराङ्गी’ले नेपाली फिल्मको इतिहासमा नै सर्वाधिक कमाई गरेको छ। नेपालको बक्स अफिस कलेक्सनमा नै ४८ करोडभन्दा माथीको व्यापार गरेपछि सक्सेस पार्टी बनाएको छ। यो फिल्मको सक्सेस पार्टी मनाउदै गर्दा उनी अर्को फिल्म ‘जनै हराएको वाहुन’मा अनुबन्ध भएका छन्।

Gandarbha

नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली फिल्म ‘जनै हराएको बाहुन’मा अभिनेताका रुपमा बरालको प्रवेश भएको हो। यस उनको फिल्ममा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाए। फिल्मको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका छन्। यो फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नु परेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।

निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ। फिल्मका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन्।यस फिल्ममा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ’ज्याक’ हुन् भने एसोसियट निर्देशक ’प्रेम गीत – ३’का कलाकार मनिस राउत हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।

यो फिल्मका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिन भित्रै सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने योजना निर्माण पक्षको छ।

Leave A Reply

Your email address will not be published.