सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

पलायन भइन् गायिका एलिना चौहान्,अष्ट्रेलियाको मायालु फर्निचरमा गर्न थालिन् काम

काठमाडौं :

गत महिना विवाह बन्धनमा बाँधिएकी अहिलेकी ‘डिमान्डेड’ गायिका एलिना चौहानले पलायनको बाटो रोजेकी छन्। नेपाल तथा विदेशका अधिकांश कार्यक्रममा व्यस्त रहेकी एलिना अष्ट्रेलिया निवासी विष्णु सापकोटासँग लगनगाँठो कसेपछि उतै उडेकी छन्।

sfal

उनीहरु सांगीतिक कार्यक्रमका लागि केहि दिन अघि दुबई पुगेका थिए। त्यसपछि उनीहरु नेपाल नफर्किने गरि दुबइबाट अष्ट्रेलिया पुगेका हुन्। उनीहरुको अन्तरवार्ता तथा सार्वजनिक भएको भिडियो हेर्दा अन्तत एलिनाले श्रीमानको फर्निचर व्यवसायमा काम सघाउनेछिन्। उनको गायन यात्रा भने अन्योलमा देखिन्छ।

पलायनको बारेमा एलिना चौहानले भने खुलेर बोलेकी छैनन्। नेपालमा उनले दैनिक जसो ३,४ वटा गीत रेकर्ड गर्नुका साथै सांगितिक कार्यक्रमहरुमा उनको माग बढ्दो रहेको थियो। उनको एउटा गीत रेकर्ड गराएको १० हजारदेखि १५ हजार रुपैयाँ लिदै आएकी थिइन् भने मेला–महोत्सवमा उनले ५० हजारदेखि ७० हजार लिदै आएकी थिइन्।

Leave A Reply

Your email address will not be published.