सुचना, समाचार र मनोरन्जन

‘बालापनको उमेर’ गीत गाउँदै स्टेज चढेकी समिक्षालाई गीतैपिच्छे वान्समोर

कैलाली :

सांगितिक कार्यक्रम तथा फिल्मका गीतमा डिमान्डेट गायिका समिक्षा अधिकारीलाई बाजुरा सदरमुकाम मार्तडीमा हजारौं दर्शकको साथ पाएकी छन्। उनले आफ्ना चलेका गीतहरुमार्फत मार्तडीबासीलाई मस्त झुमाएकी छन्।

लामो समयको पखाईपछि स्टेजमा उक्लेकी समिक्षाले आफ्नो पहिलो फिल्म गीत ‘बालापनको उमेर’ गाउन थालेपछि दर्शकले आफैले गाएर साथ दिएका थिए। उनले पहिलो गीतबाट नै दोहो¥याएर गाउनुपरेको थियो। फिल्म ‘नाई नभन्नु ल’को सिक्वेलमा समावेश गीत ‘बालापनको उमेर’ गीत २ पटकसम्म गाउदा पनि दर्शक नथाकेपछि समिक्षाले प्रदर्शनरत फिल्म ‘बोक्सीको घर’को गीत ‘बुझिनँ मैले’ गाइनँ। यो गीतमा अझै दर्शकले गीत गाएर उनलाई साथ दिएका थिए।

उनले स्टेजमा ‘बालापनको उमेर,‘बुझिन मैले’,‘सूर्ती माड्दा माड्दै’, ‘धनगढीको बसमा’, ‘कुरा बुझ्नुपर्छ’ लगायत दर्जन भन्दा बढि गीत गाएर दर्शकलाई झुमाईन्। आयोजकका अनुसार हिजो समिक्षालाई हेर्नका लागि सबैभन्दा बढि दर्शक आएका थिए।

Leave A Reply

Your email address will not be published.