सुचना, समाचार र मनोरन्जन

अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३५ वटा गैर–संयुक्त राष्ट्र संघीय संस्था र ३१ वटा संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरुबाट बाहिरिने घोषणा गर्दै त्यससम्बन्धी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

ह्वाइट हाउसका अनुसार ती संस्थाहरू अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन भइरहेको ठहर गरिएको छ । ती संस्थाहरुले ‘कट्टरपन्थी जलवायु नीति, विश्वव्यापी शासन ९ग्लोबल गभर्नेन्स० र अमेरिकी सार्वभौमिकता तथा आर्थिक शक्तिसँग बाझिने वैचारिक कार्यक्रम’ प्रवर्द्धन गर्दै आएको आरोप अमेरिकाले लगाएको द ईकोनिमिक्स टाईम्सले जनाएको छ ।

थप विवरण र संस्थाहरूको सूचीबारे सोध्दा ह्वाइट हाउसले तत्काल प्रतिक्रिया नदिएको खबरमा उल्लेख छ । ट्रम्पले एक वर्षअघि दोस्रो कार्यकाल शुरू गरेयता संयुक्त राष्ट्रसंघका लागि अमेरिकी बजेट कटौती गर्ने, संयुक्त राष्ट्र मानव अधिकार परिषद्सँगको संलग्नता अन्त्य गर्ने, प्यालेस्टिनी शरणार्थीका लागि काम गर्ने एजेन्सीलाई दिइँदै आएको सहयोग रोक्ने तथा युनेस्कोबाट बाहिरिने निर्णय गरिसक्नु भएको छ ।

साथै, विश्व स्वास्थ्य संगठन र पेरिस जलवायु सम्झौताबाट पनि बाहिरिने योजना घोषणा गरिसक्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.