सुचना, समाचार र मनोरन्जन

‘अञ्जिला’को रिलिज मिति सर्यो, अब फागुन २९ गते रिलिज हुने

काठमाडौं :

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली फिल्म ‘अञ्जिला’को रिलिज मिति सारिएको छ। पहिला माघ ११ गते रिलिज गर्ने योजना रहेको यो फिल्म सरेर फागुन २९ गते पुगेको हो।

निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नुपरेको बताए्। उनका अनुसार फिल्मकी मुख्य भुमिकामा एञ्जिला स्वयंले अभिनय गरेकी छन्। उनका साथमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहनेछ। निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्ममा अभिनय गरेका छन्।

Pach Pandav

यो फिल्म गोल रक्षक एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ। निर्देशक चाम्सले यो फिल्मले फरक प्रकारको छाप छोड्ने दाबी समेत गरेका छन्। फिल्ममा उनले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथामा आधारित बनाएर निर्माण गरेका हुन्।

उनी भन्छन्,‘जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छु।’

उनले यो फिल्म ठ्याक्कै एञ्जिलाको बायोपिक भने नभएको स्पष्ट पारेका छन्। फिल्ममा डिओपी सुदीप बराल र सम्पादन मिलन श्रेष्ठको रहेको छ भने मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन्। विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन्। विनोद सुवेदी खत्री यस फिल्मका निर्माण नियन्त्रक हुन्।

Leave A Reply

Your email address will not be published.