सुचना, समाचार र मनोरन्जन

अन्जु पन्त, निता ढुंगानाको उपस्थितिमा मायाज सेन्टर उद्घाटन

काठमाडौं :

शंखमूलस्थित मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको भव्य उद्घाटन सोमबार सम्पन्न भएको छ। सौन्दर्य सेवा र व्यावसायिक तालिमलाई एकसाथ समेट्ने उद्देश्यसहित सुरु गरिएको यस केन्द्रको उद्घाटन कार्यक्रममा चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय गायिका अन्जु पन्त, अभिनेत्री निता ढुंगाना, टिकटक स्टार मिस पवि, मोडेल तथा अभिनेत्री झरना रिसाल, र मोडेल सन्ध्या घतानी लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा केन्द्रको उद्घाटन गरिएको हो।

कार्यक्रममा सञ्चालिका गीता गिरीले केन्द्रले आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोगमार्फत गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले युवालाई लक्षित गर्दै सीपमूलक तालिम प्रदान गर्ने र स्वरोजगारमा प्रेरित गर्ने योजना रहेको जानकारी दिइन्।

मायाजले अनुहार, छाला र शरीरसम्बन्धी सेवा मात्र नभई व्यावसायिक सौन्दर्य तालिमसमेत उपलब्ध गराउने बताइएको छ। कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्वहरूले यो पहलले आत्मनिर्भरता र महिलाको सशक्तिकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उद्घाटन समारोहमा मायाज परिवारले सबै अतिथिहरूप्रति आभार व्यक्त गर्दै राजधानीमा सौन्दर्य सेवा क्षेत्रमा नयाँ स्तरको सुरुवात भएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.