सुचना, समाचार र मनोरन्जन

भदौ २७ मा ओप्सना अवार्डको फाइनल

काठमाडौं : 

ओप्सना फिल्मस् प्रा.लि.ले ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड २०८२’ दोश्रो संकरणको फाइनल कार्यक्रम भदौ २७ गते बिहान ११ बजे माननीय उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डको सभा हल चाबहिलमा सम्पन्न हुने आयोजक संस्थाका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईले जानकारी गराउनु भएको छ।

अवार्ड कार्यक्रममा राष्ट्रिय, लोक, डेउडा, आधुनिक, पप, चलचित्र, टेलिसियल,भाषा भाषीका गीत लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिने छ।

संगीत, कलाकारिता, खेलकूद, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति लगायतका संगीत बाहेकका अन्य क्षेत्रलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिने छ। साथै लामो समयदेखि गीत संगीतमा सेवारत व्यक्तित्वलाई लाइफटाइम अचिपमेन्ट अवार्ड तथा विदेशमा बसेर गीतसंगीत र अन्य क्षेत्रमा योगदान पुराईरहेका व्यक्तित्वलाई डायस्पोरा अवार्ड समेत प्रदान गरिने कार्यक्रम रहेको छ।

Leave A Reply

Your email address will not be published.