Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- निखिल उप्रेतीको ‘आचार्य’को प्रदर्शन मितिमा अन्योलता, दशैंमा आउने चर्चा
- हलमा स्टारहरूको भिड : नेपालीदेखि हलिउड र बलिउड कलाकारहरूबीच रोचक भिडन्त
- बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा
- असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गर्ने सरकारको तयारी
- अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
- वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
- महिलालाई आत्मनिर्भर बनाउन बाख्रा उपहार
- मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
- दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
- संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ,
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् । माधवले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौँ पठाइएको छ ।