सुचना, समाचार र मनोरन्जन

२६ वर्षीय आशिष सुबेदी कास्की १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मैदानमा

पोखरा:

२६ वर्षीय युवा नेता आशिष सुबेदी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको चुनावी मैदानमा उत्रिएका छन्। यसअघि रुपा गाउँपालिका–७ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका सुबेदीले युवाको नेतृत्व र पुस्तान्तरणलाई मुख्य मुद्दा बनाएका छन्।

आशिष सुबेदीले पार्टी सङ्गठनलाई समयअनुकूल सुदृढ बनाउन नयाँ पुस्ताको आवाजलाई निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता, अवसर र नेतृत्व विकासका लागि आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारेका छन्।

स्थानीय तहदेखि क्षेत्र हुँदै केन्द्रसम्म युवाको सहभागिता र नेतृत्वलाई बलियो बनाउँदै नेपाली कांग्रेसको आगामी पुस्ताको भविष्य निर्माणमा योगदान पुर्‍याउने दाबी आशिष सुबेदीले गरेका छन्।

Leave A Reply

Your email address will not be published.