सुचना, समाचार र मनोरन्जन

रास्वपाको प्रचार समिति सदस्यमा अशोक खड्काको मनोनयन

पोखरा :

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय विभागअन्तर्गतको “अभियान तथा प्रचार प्रसार समिति” मा अशोक खड्कालाई मनोनीत गरेको छ।

उद्योग तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका खड्का पोखरामा आधारित पिउरो पानी नामक ब्रान्डका संस्थापक हुन्। उनी स्वदेशी उत्पादन, उद्यमशीलता र सामाजिक उत्तरदायित्वमा केन्द्रित रहेर काम गर्दै आएका छन्।

रास्वपाले खड्काको मनोनयनसँगै प्रचारप्रसार अभियानलाई थप व्यावसायिक र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। पार्टीले खड्काको व्यावहारिक अनुभव, जोश र समाजप्रतिको सक्रियताले अभियानको सन्देश आम जनतासम्म पुर्‍याउन मद्दत पुग्ने विश्वास लिएको जनाएको छ।

पार्टीका अनुसार यो मनोनयनले रास्वपाको अभियानलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै युवाहरुलाई नेतृत्वको अवसरप्रति प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.