सुचना, समाचार र मनोरन्जन

दर्शक बोलाउन स्कुल स्कुलमा पुगे अशोक दर्जी, ‘मनबिनाको धन’ हेरिदिन आग्रह

काठमाडौं :

चर्चित बाल गायकहुँदै हिरो बनेका अशोक दर्जी यतिबेला स्कुल स्कुल दौडिएका छन्। उनी यहि शुक्रबार कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको आफु अभिनित फिल्म ‘मन बिनाको धन’हेरिदिन आग्रह गर्दै स्कुल पुगेका हुन्। उनीसहित फिल्मका कलाकारहरु पनि प्रचार प्रसारको लागि काठमाडौंका अधिकांश स्कुल पुगेका छन्।

बुधबार बिहान अभिनेत्री नीता ढुङ्गाना अधिकारी सहितको टिम अशोक दर्जी पढने मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुल पुगेको थियो। यो फिल्ममा प्रचारप्रसार गरेर नीता,अशोकसँगै ए आर बुढाथोकी,क्रियटिम निर्देशक टीकाराम बुढाथोकी,निर्मात्री मिनु शर्मा सपना लगायतको टिम कलाकार साम्राज्ञी थापा पढने केएमसी पुगेको थियो। त्यहाँ उनीहरुले केहि समय विद्यार्थी तथा शिक्षकसँग भलाकुसारी गर्दै फिल्म हेरिदिन आग्रह गरे। १२ बजेपछिको समयमा भने यसै फिल्मका अर्का कलाकार ए.आर बुढाथोकी पढने बेबीलन स्कुल निर्माण टिम पुगेको थियो।
अशोकले आफु जिरोबाट हिरो भएको र यो सबैको कथा भएका कारण एक पटक फिल्म हेरिदिन आग्रह गरे। उनले यसो भनिरहँदा स्कुलमा वीथ लभ अशोकको भन्दै हुटिङ चलेको थियो।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा,विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको यस फिल्मको कथा बुढाथोकीकै हो भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण भएको यो फिल्म टंकको डेब्यु निर्देशन हो। अशोक दर्जीकै कथा वरपर रहेर निर्माण गरिएको यो फिल्मको निर्माता विष्णुमाया मैनाली हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा ( सपना) रहेकी छन्।

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.