सुचना, समाचार र मनोरन्जन

अस्मिताको ‘जाऊ हिँड पोखरा’मा मुकुन्द र सरिताको रोमान्स ( भिडियोसहित )

काठमाडौं :

गायिका अस्मिता अधिकारीले ‘जाऊ हिँड पोखरा’बोलको गीत सार्वजनिक गरेकी छन्। मुकुन्द श्रेष्ठ र अधिकारीको स्वरमा रहेको यस गीतको भिडियो पनि सार्वजनकि भएको हो।

रोमान्टिक डान्सिङ शैलीमा तयार पारिएको यस गीतले पोखराको प्राकृतिक सुन्दरतासँगै प्रेम र आकर्षणको भावलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।गीतका शब्द र संगीत गायक त्रिपाठीले नै तयार पारेका हुन्। राजु सुनामले एरेन्ज गरेको यो गीत ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो। बिनोद परियारले गीतको मिक्सिङ गरेका छन्।

Pach Pandav

भिडियोमा गायक मुकुन्द त्रिपाठी आफै देखिएका छन्। उनलाई मोडल सरिता दनकुटी, र अनुभव त्रिपाठीले अभिनयमा साथ दिएका छन्। सुबास सुबेदीले खिचिेको भिडियोमा सम्पादन र कलरिङ सुबास अम्गाईले गरेका छन्। युमी बलामीको कोरियोग्राफी रहेको छ।

दुर्गा न्यौपाने त्रिपाठी निर्मात्री रहेको यस गीतको भिडियोलाई निर्देशन गायक तथा संगीतकार मुकुन्द त्रिपाठीले गरेका हुन्। गायक मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.