पोखरा/
पोखरामा एकै पटक र एकै स्थानमा विभिन्न चारवटा महोत्सबको झल्को दिने गरि सन्चालन भैरहेको ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सफलतापुर्वक अन्तिम दिनसम्म आइपुगेको छ। राष्ट्रिय औधोगिक व्यापार मेला संगै आइटी महोत्सव , १२ औं क्यान इन्फोटेक र चौथो मोवाइल एक्सपो गरि चारवटा मेला महोत्सब एकैपटक र एकैस्थानमा शुरु भएका थिए ।
पोखरा आद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल बितरक संघ एवं सिएसआइटी फाउण्डेनससँगको सहकार्यमा पोउवासंघले मेलाको आयोजना गरेको हो । मेलामा सातवटै प्रदेशका उत्पादनहरुको प्रदर्शनीका अलावा औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाबेश गरिएको छ । सूचना प्रविधि सम्बन्धि नयाँ जानकारी पस्कनु मेलाको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।
मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।
