सुचना, समाचार र मनोरन्जन

‘चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न

काठमाडौं :

‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। उपमा सञ्चार प्रा.लि. र तेजनेपाल मल्टिमिडिया प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गर्नु भएको थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि. विशिष्ट अतिथि र उपमा सञ्चार प्रा.लि.की अध्यक्ष आशा गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। विशेष अतिथि तेजनेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठ, विशिष्ट कलाकार सविन बास्तोला, वरिष्ठ पत्रकार कृष्ण भट्टराई, वरिष्ठ गायक तथा संगीतकार थानेश्वर गौतम, वरिष्ठ लोक गायक राजन भुजेल विश्वकर्मा आदिको उपस्थिति रहेको कार्यक्रममा श्रष्टा सम्मान, दशक सम्मान र विभिन्न विधाका अवार्ड प्रदान गरिएको थियो। श्रष्टा सम्मान प्राप्त गर्नेहरू: सविन बास्तोला (कलाकार) कृष्ण भट्टराई (वरिष्ठ पत्रकार) थानेश्वर गौतम (वरिष्ठ गायक तथा संगीतकार) राजन भुजेल विश्वकर्मा (वरिष्ठ लोक गायक) दशक सम्मान: गायिका माण्डवी त्रिपाठी, लोक गायक कुलेन्द्र विश्वकर्मा, लोक गायिका देवी हमाल, सिनेम्याटोग्राफर नीरज कँडेल, गायक बिनोद ढकाल, कलाकार पन्हा अधिकारी, गायिका कविता राउत, गायक चेतम गोतामे, गायिका शोभा पाण्डे, गायिका सरला राउत, गायिका मनु थापा मगर, सञ्चारकर्मी रिदेन महर्जन, सञ्चारकर्मी निर्मल पौडेल, ग्राफिक्स डिजाइनर बिक्रम सुनार, सम्पादक रमेशमान श्रेष्ठ आदिलाई सम्मान गरिएको थियो।

अवार्ड बिजेताहरू: सिताराम परियार, छवि घिमिरे, होमनाथ कुंवर, बिनय कार्की, सारु मगर, अस्मिता गोर्खाली, श्याम राना, शितल शर्मा, पुजा परियार, नारायण राई, सबिता कार्की, अस्मिता खनाल, रिजन बस्याल, अप्सरा राउत क्षेत्री, रमेश लामिछाने, युमिसा पुरी, थुमन शर्मा, भुवन के. पोख्रेल, देव नारायण मगर, सबिता परियार, कल्पित मिनु, सोब्राटी मन्सुरी, विवेक धिताल, पार्वती रोकाया, चन्द्रकला देवकोटा, बिनय खत्री, कृष्ण ढकाल, सफल अर्याल, सुवास रेग्मी, करन कँडेल, राजु तिमल्सिना, प्रिती पुन मगर, बिना ठकुरी, नरेश के.सी., समिर तिमल्सिना, शोभा त्रिपाठी, बिमल नेपाली, रजनी लामा, आरोही कार्की, कमला गैरे, मनिषा बुढा, दशरथ डंगोल, संजय थिङ, भिमसेन सापकोटा, कविता पुन मगर, कविता खत्री, तुलसा सुनुवार, सुवास गडाल, इन्द्र बस्याल लगायतलाई पुरस्कृत गरिएको थियो। कार्यक्रम उपमा सञ्चार प्रा.लि.का उपाध्यक्ष रामकृष्ण पाण्डे ‘अमन एकल’ को स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण पीएन सापकोटाले गर्नुभएको थियो। कार्यक्रम समापन गर्दै उपमा सञ्चार प्रा.लि.की अध्यक्ष आशा गौतमले श्रष्टा र सर्जकहरूलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताउँदै सहभागी, सहकर्मी र शुभेच्छुकहरूलाई धन्यवाद दिनुभएको थियो।

Leave A Reply

Your email address will not be published.