सुचना, समाचार र मनोरन्जन

पहिलोपटक ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’, जेठमै ५०० बढीले दिए आवेदन

काठमाडौं :

डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ आयोजना हुने भएको छ। नेपालमा पहिलोपटक कन्टेन्ट क्रिएटरलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड हुन लागेको हो।

यो कार्यक्रमलाई आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार प्रतियोगिताको ग्राण्ड फिनाले भदौको अन्तिम साता आयोजना हुनेछ। यसमा देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरले प्रतियोगितामा भाग लिन गत जेठ महिनामै आवेदन आह्वान गरिए अनुसार नै कन्टेन्ट उपलब्ध गराइसकेका छन्।

निर्णायक समूहले प्रतियोगिताका लागि प्राप्त कन्टेन्टको मूल्यांकनको आधारमा उत्कृष्ट १०० जना प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश गराउने छन्। निर्णायकमा अभिनेता तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेकनारायण भट्टराई रहेका छन्।

यस मनोनयन सूचि आगामी साता सार्वजनिक गर्दैछ । फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएको छ। साथै हरेक विधामा १०-१० क्रिएटरलाई मनोनयनमा समेत समावेश गरिने छ।

Leave A Reply

Your email address will not be published.