सुचना, समाचार र मनोरन्जन

एकाएक चर्चामा आए ‘गौँथली’का ठुले

काठमाडौँ :

फिल्म ‘महापुरुष’ ‘प्रेमा’, ‘ज्याकीः आइएम ट्वान्टिवान’ र ‘पहाड’जस्ता फिल्ममा अभिनय गरेका अरुष क्षेत्री यतिबेला चर्चामा छन्। उनी चर्चामा आउनुको कारण हो हलमा प्रदर्शनरत फिल्म ‘गौँथली’को ठुलेको भुमिका। उनलाई उक्त भुमिकाले यतिबेला चर्चामा ल्याएको हो। यसअघि आधा दर्जन फिल्मले उनलाई यतिको चर्चामा ल्याउन सकेको थिएन।

यहीँ १ साउन गतेबाट प्रदर्शन आएको यो फिल्मले घरेलु बक्स अफिसमा आइतबार करिब ८ करोडको व्यापार गरेको थियो। सोमबार भने यो फिल्मको कमाई ८ करोड नाघेको चर्चा छ। डाक्टर कपिल रिजालको निर्माण तथा निर्देशनमा बनेको यो फिल्मको कथा उनका बुबा डाक्टर भोला रिजालले लेखेका हुन्। यस फिल्ममा अरुणका अलवा सिम्रन पन्त,मदनकृष्ण श्रेष्ठ,लुभिना तुलाधर लगायतको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.