Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ६ करोड बढी व्यापार गरेको ‘पेन्सन पट्टा’को तेस्रो साताको यात्रा पनि बलियो
- सन्तानलाई ‘बाः एक योद्धा’ देखाउन किन अभिभावकलाई दिइँदैछ सुझाव ?
- ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ दोस्रो शनिबार पनि उत्साहजनक व्यापार
- फिल्म ‘पिर मनैमा’ सार्वजनिक, शान्तिश्री र रबिनको स्वर
- खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
- भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन
- वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
- हिमाली रोदन र विश्व व्यवस्थाको परीक्षा
- किरण बरालको कास्की-१ काङ्ग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
- पर्यटन दिवसमा पोखरामा मिनी सडक महोत्सव: ‘नेपाल खुला छ’ को सन्देश दिइने
पोखराका जुस पसललाई ५० हजार जरिवाना
गण्डकी,
जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय, कास्कीले रु ५० हजार जरिवाना गरेको छ ।
उक्त पसलमा जुस सेवनपछि चार जना बिरामी परेको गुनासोपछि प्रशासनले आज अनुगमन गरेको थियो । अनुगमनका क्रममा जुस पसलमा सरसफाइ नगरिएको, प्रयोग गर्न नमिल्ने स्याउ, केरालगायत फलफूल फेला परेको र व्यवसाय सञ्चालनसम्बन्धी कुनै पनि कागजात नभएको पाइएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
अनुगमनमा क्रममा भेटिएको प्रयोग गर्न नमिल्ने झण्डै १२ किलो फलफूल नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयले व्यवसाय दर्ता तथा नवीकरण गर्न, जुस बनाउन प्रयोग हुने सामग्री नियमित सफाइ गर्न र प्रयोग गर्न नमिल्ने फलफूल अलग्गै छुट्टाएर नष्ट गर्न जुस पसल सञ्चालकलाई निर्देशन दिएको छ ।
Next Post