सुचना, समाचार र मनोरन्जन

‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा

काठमाडौं :

चलचित्र ‘बाः एक योद्धा’ले बक्सअफिसमा आफ्नो रफ्तार कायमै राखेको छ। बलियो वर्ड अफ माउथ पाएको चलचित्रले बक्सअफिसमा तीन करोडको आकडा पार गरेको छ।चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार आइतबारसम्म यो चलचित्रले तीन करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रसकलेक्सन गरेको छ।

Chaka Panja

तथ्यांक अनुसार यो चलचित्र हालसम्म एक लाख ७ हजार ५३३ जना दर्शकले हेरेका छन्। अहिले पनि ‘बाः एक योद्धा’ उच्च अकुपेन्सीमा चलिरहेको छ। तेस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘बाः एक योद्धा’ले दश दिनमा करिब एक करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । निर्माण पक्षका अनुसार हिजो आइतबारसम्म यो चलचित्रले ३ करोड ९ लाख माथिको व्यपार गरेको छ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ। चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन्।

Leave A Reply

Your email address will not be published.