सुचना, समाचार र मनोरन्जन

अन्तर्राष्ट्रिय अवार्डमा ‘गौथली’का निर्देशक डा. कपिल रिजाल विजेता

काठमाडौं :

नेपाली चलचित्र ‘गौथली’ले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। चलचित्रका निर्देशक डा. कपिल रिजाल फ्रान्सको RED Movie Awards 2026 अन्तर्गत Autumn Edition मा Best Director (Man) विधामा विजेता घोषित भएका छन्।

Chaka Panja

RED Movie Awards को आधिकारिक वेबसाइटमा प्रकाशित अन्तिम विजेता सूचीअनुसार ‘गौथली’का लागि डा. रिजालले उक्त अवार्ड जितेका हुन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली चलचित्रका निर्देशकले हासिल गरेको यो उपलब्धिले नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको छ।

यस सफलताले निर्देशक रिजालको सिर्जनात्मक यात्रा र नेपाली चलचित्रको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस अवसरमा ‘गौथली’लाई माया, विश्वास र साथ दिएर यो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण दर्शक, शुभचिन्तक, आफन्त तथा चलचित्रप्रेमीप्रति आभार व्यक्त गरिएको छ।

आफ्ना मामाको यो सफलताप्रति खुसी व्यक्त गर्दै परिवारका सदस्य तथा शुभचिन्तकहरूले डा. रिजाललाई हार्दिक बधाई तथा आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिएका छन्। ‘गौथली’को सफलता केवल एउटा अवार्डमा सीमित छैन, यो नेपाली चलचित्रप्रतिको माया, विश्वास र सिर्जनात्मक मेहनतको सम्मान पनि हो।

Leave A Reply

Your email address will not be published.