सुचना, समाचार र मनोरन्जन

गरिमा विकास बैंकको २० औँ साधारणसभा सम्पन्न: २० प्रतिशत लाभांश पारित

काठमाडौं :

गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। कास्कीको पोखरास्थित होटल पोखरा ग्राण्डमा सोमबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) दिने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको हो।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित भएको छ।

Chaka Panja

चुक्ता पुँजी ६ अर्ब ६२ करोड नाघ्ने

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। सभाबाट १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।  गरिमा विकास बैंकले हाल देशभरका १२६ शाखा कार्यालय, ५१ वटा एटीएम तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

Leave A Reply

Your email address will not be published.