सुचना, समाचार र मनोरन्जन

तीनकुने घटनाको अनुसन्धान गरी संलग्नमाथि कारबाही गर्न बारको माग

काठमाडौं/

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले तीनकुने घटनाको अनुसन्धान गरी संलग्नमाथि
कारबाही गर्न माग गरेको छ ।

नेपाल बार एसोसिएसनले एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानविन र अनुसन्धान गर्न माग गरेको हो । महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुन बमोजिम हदैसम्मको सजायको निमित्त राज्य पक्षसँग जोडदार माग गर्दछौं ।’

राजावादीहरूको भिडले सिर्जना गरेको परिस्थितीका कारण पत्रकार सुरेश रजक र अर्का सर्वसाधारण सविन महर्जनको मृत्यु भएको भन्दै बारले घाइतेहरूको उपचारमा ध्यान दिन माग गरेको छ ।

सञ्चारगृह, राजनीतिक दलका कार्यालय, ल फर्म, लगायतका ठाँउमा लुटपाट र आगजनी भएको भन्दै बारले त्यस्ता घटनालाई गम्भिरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराएको हो ।

Leave A Reply

Your email address will not be published.