सुचना, समाचार र मनोरन्जन

बबिनालाई बुद्धि तामाङको ‘टुना मुना’ (भिडियो सहित)

काठमाडौं :

नेपाली समाजमा टुनामुना गरेपछि मायाप्रेम बस्छ भन्ने गरिन्छ। सोही भनाईलाई सापटी लिदै गायिका बबिना भट्टराईको गीत अभिनेता बुद्धि तामाङलाई ‘टुना मुना’ लगाउने कोसिस गरेकी छन्। उनले साँच्चिकै नभएर आफ्नो गीतमार्फत टुनामुना लगाउने कुरा गरेकी हुन्।

Chaka Panja

उमेर पुगेको केटाले केटीलाई फकाउने र तर्किने शब्द समेटेर गायिका भट्टराईले गायनका साथै शब्द र संगीत समेत समेटेको गीत सार्वजनिक गरेकी छन्।

जुन गीतको भिडियोलाई स्रोता दर्शकले मन पराइरहेका छन्। गीतमा बबिना संगै बैकुण्ठ प्रधानको स्वर रहेको छ। महाराज थापाले संगीत सम्योजन गरेको यो गीतलाई नकुल कार्कीले रेकर्ड गरेका हुन्। प्रकाश खड्काको समुहले खिचेको गीतको भिडियोमा केशव राज भट्टको कोरियोग्राफी र निर्देशन रहेको छ। माया प्रेम समेटिएको गीतलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.