सुचना, समाचार र मनोरन्जन

अगस्त्यका निर्देशकले गरेको यस्तो घोषणा : फिल्म ‘अगस्त्य’ हेर्ने महिलाहरुलाई २५% छुट

काठमाडौं :

फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शन गरेको तेश्रो सातामा प्रवेश गरेपछि निर्देशकले फिल्म हेर्नेलाई छुटको व्यवस्था गरेका छन्। निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म हेर्ने महिलाहरुलाई २५ प्रतिशत छुट्को व्यवस्था गरिएको हो।

फिल्मले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत प्यापार गरेको निर्माण पक्षले जानकारी दिदै तेस्रोमा पनि राम्रो भइरहेको दाबी गरेका छन्। लेखन तथा निर्देशक चौधरी कै रहेको फिल्ममा मानव तस्करीको बिरुद्द प्रबल संघर्षको पक्षमा आवाज उठाइएको छ। निर्माण गर्नुको उदेश्य केवल मनोरञ्जनको रूपमा मात्र नभएर समाजमा जागरूकता बढाउनका लागि एक शक्तिशाली औजारको रूपमा प्रस्तुत गरिएको निर्माणपक्षले बताउँदै आएका छन्।

Chaka Panja

निर्देशक चौधरीले भने,‘ शक्तिशाली दृश्यात्मक भाषाद्वारा, चलचित्रले सम्बन्धित निकाय तथा सर्वसाधारण जनतालाई जागरुक बनाउने तथा आवाज उठाउन प्रेरित गर्ने लक्ष्य लिएर चलचित्र निर्माण गरिएको हो।’

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.