सुचना, समाचार र मनोरन्जन

प्रचण्ड सरकारको आलोचना गर्दै बाबुराम भट्टराईले भने,‘ रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय’

काठमाडौँ :

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको आलोचना गरेका छन्। उनले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको भन्दै आलोचना गरेका छन्।

Chaka Panja

‘रोजगारीको खोजीमा हाम्रा युवाहरू रुस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो’,डा. भट्टराईले भने।

सरकारले बाह्र सत्ताइस कुरा गरेर बस्नु र आफ्नै अनुहार हेरेर बसेको आरोप लगाए।

उनले भने,‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नू अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन।’

Leave A Reply

Your email address will not be published.