Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विपद् उद्धारका लागि दुगड़ ग्रुप र कर्मचारीको १ करोड ११ लाख सहयोग
- सुपरस्टारसँग रोहित अधिकारीको लगातार सहकार्य, अनमोल र पलसँग दुई फिल्म बनाउँदै
- चिया पसलदेखि पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्षसम्म : शोभा गौतमले रचिन् ७२ वर्षे इतिहास
- डेब्यु जोडी सोनाल र कस्मताको ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक
- शोभा गौतम: चिया पसलदेखि पोउवा संघको पहिलो महिला अध्यक्षसम्म, रचिन ७२ वर्षे इतिहास
- शुष्मा गुरुङको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक
- आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि
- नीताको ‘पार्वती’ दोस्रो सातामा प्रवेशसँगै गरियो मार्मिक गीत ‘भगवान सबैको होइन र’
- ‘फेस अफ नेपाल २०२६’ को उपाधि सुमन र जियोनलाई, कोरियामा नेपालको प्रतिनिधित्व गर्ने
- आँधी बनेर छायो ‘बेहुली’को ट्रेलर: नेपालमा नम्बर वनसहित विश्वका ११ देशमा ग्लोबल ट्रेन्डिङमा
बलराम परियारले हात पारे सर्वोत्कृष्ट नव गायकको अवार्ड
काठमाडौं :
नव गायक बलराम परियारले सर्वोत्कृष्ट नव गायकको अवार्ड पाएका छन् । जिवन्त नेपाल म्युजिक अवार्डको दोस्रो सस्करणमा उनले “सुनको दरबार” गीतबाट नव गायकको उपाधी पाएका हुन् । सस्कृती तथा पर्यटन उड्डयन राज्य मन्त्री शुशिला शिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन भएको अवार्ड समारोहमा उनले उपाधी जितेका हुन् ।
रामेछाप जिल्लाको सुनापति दोरम्बा सैलुङ र खाडादेबिको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले स्थापना भएको अग्लेश्वोरि हिल्स बिकास कोषको आयोजनामा पुस २१ गते राष्ट्रिय नाचघरमा कार्यक्रम सम्पन्न भएको थियो ।
गीतमा बलरामालाई रचना रिमालले गायनमा साथ दिएकी छिन् । धनु ग्याङ्मीको संगीत रहेको गीतको भिडियो सागर लामाले निर्देशन गरेका हुन् । भिडियोमा अनिल कटुवाल, प्रकाश श्रेष्ठ, आकान्क्षा र सरिता फिचर्ड छन् ।
नव गायकको रुपमा बिजेता भएका परियार भन्छन,”मेरा हरेक अभाव र चुनौतिहरूमा बिगत लामो समय देखी निरन्तर बलियो पिलर बनेर साथ,सहयोग,माया,आशीर्वाद आफ्नोपन र मन संग अनुबंधित हुनु हुने पुजनिय भवानि कडेल पाण्डे दिदी र आत्मीय मिज्जु सुजन बाबु गुरूङ प्रति सदा सर्वदा ऋणी एवम् आभारी रहने छु सायद हजुरहरू नभएको भए मैले यो गन्तव्य सम्म जाने बाटो नै भेटाऊने थिएन ।
मलाई बिभिन्न माध्यमबाट अत्यधिक भोट गरेर जिताऊनु हुने साथी भाई दिदी बैनी इस्टमित्र अग्रज भवानरुपी मनहरू प्रति हार्दिक धन्यवाद ।” साथै उनले आगामी दिनमा पनि निरन्तर संगीत मै लागिरहने समेत बताएका छन् ।
तस्बिर : सुरेन्द्र थापा