सुचना, समाचार र मनोरन्जन

बालेन शाह: आज तीन जिल्लामा चुनावी कार्यक्रम

काठमाडौँ,

फागुन २१ गते तय भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह चुनावी दौडामा छन्। सोही क्रममा उनी बुधबार तीन जिल्लामा विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

रास्वपाका अनुसार शाहको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रमअन्तर्गत बुधबार मोरङ, सुनसरी र उदयपुर जिल्लामा रहने छन्। जसअनुसार बिहान ७ः२० बजे मोरङको पथरीबाट कार्यक्रम सुरु गरे। त्यसपछि बिहान ७ः ४० बजे लेटाङ, बिहान ८स्४० बजे डाइनिया र बिहान ९ः २५ बजे विराटनगरको बरगाछीमा जनसम्पर्क गरेका छन्।

त्यसैगरी बिहान १०ः १० बजे दुहबी, बिहान १०ः ३० बजे इटहरी र दिउँसो १२ः २५ बजे इनरुवामा कार्यक्रम तय भएको रास्वपाले जनाएको छ। दिउँसो १ः ०५ बजे बराहक्षेत्र पुग्ने शाह दिउँसो ३ः १० बजे उदयपुरमा कार्यक्रम समापन गर्ने रास्वपाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.