सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘बलिदान’मा अर्पणपछि सौगात अनुबन्धित

काठमाडौं :

फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा अर्पण थापापछि सौगात मल्ल अनुबन्धित भएका छन् । निर्माण टिमले अभिनेता मल्ललाई शनिबार लिखित सम्झौता गरेको हो।

Safal
IVF Post

यहि फिल्मका लागि यसअघि अर्पण थापा पनि अनुबन्धित भइसकेका छन् । उनी यस फिल्ममा खलनायकमा रुपमा प्रस्तुत हुनेछन्। पुस पहिलो हप्ताबाट छायांकन सुरु हुने फिल्मका लागि निर्माण टिमले अभिनेत्री र एक हिरोलाई अनुबन्ध गर्न बाँकी रहेको छ। हिरो को हुने हो भन्ने बारेमा निर्माण टिमले जानकारी दिएको छैन। सामाजिक–राजनीतिक ड्रामामा निर्माण हुने फिल्ममा तराई–मधेशमा हुने नेपाली राजनीतिक घटनाक्रममलाई विषयवस्तु बनाइएको छ।

तिहारको लक्ष्मीपूजाको दिन पारेर निर्माण टिमले फिल्मको टिजर समेत सार्वजनिक गरेको थियो। अहिले यो टिजरले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाइरहेको छ। ‘प्रेमगीत’ फेम्ड निर्देशक सन्तोष सेनले यो फिल्मको निर्माण गर्न लागेका हुन्। उनका साथमा अर्का निर्माता पवन विष्टले पनि फिल्ममा सहकार्य गर्दैछन् । आशुसेन फिल्म्सले निर्माण गर्न लागेको फिल्मलाई मधेश प्रदेशका विभिन्न ठाउँमा छायांकन हुनेछ।

Leave A Reply

Your email address will not be published.