तेल अभिभ/
उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका हुन्।
गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले सात बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले बदलामा २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।