डुम्रे/ गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । यसका लागि तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालेको छ । प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने नीति लिएसँगै नगरपालिकाले मगर भाषाको संरक्षणको निम्ति प्रशिक्षक उत्पादनमा जुटेको हो । नगरपालिकाले मगर विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा अतिरिक्त कक्षाको रूपमा मगर भाषामा पठनपाठन गर्ने तयारी गरेको छ । मगर भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याउन नगरपालिकाको सहयोगमा शिक्षकलाई प्रशिक्षण दिइरहेको छ । नेपाल मगर सङ्घ व्यास नगर समितिको आयोजनामा र व्यास नगरपालिकाको सहयोगमा शनिबारदेखि पाँच दिने मातृभाषा प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण सञ्चालन गरेको छ । तालिम लिएपछि मातृभाषा शिक्षकले विद्यालयमा मगर भाषाको पाठ्यक्रमअनुसारको पठनपाठन गराउने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले विभिन्न समुदायको पहिचानसँग जोडिएका भाषा, साहित्य, कला, संस्कार र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । नगरवासीको भाषा, कला, संस्कार, संस्कृति, साहित्य, पर्यटन तथा पुरातात्विक क्षेत्रको संरक्षण गर्ने उद्देश्य प्रज्ञा प्रतिष्ठान गठनको बताउँदै उनले मगर भाषाको संरक्षण तथा प्रवद्र्धनका प्रशिक्षण दिइएको बताए । उनले भने, ‘मातृभाषाको पठनपाठनका लागि उत्कृष्ट प्रशिक्षक उत्पादन गर्न नगरपालिकाले रु दुई लाख विनियोजन गरेको छ, सोहीअनुरुप नै अहिले तालिम सञ्चालन पनि भइरहेको छ, प्रशिक्षक तयार भएपछि नगरपालिकाभित्रका मगर समुदायको बाहुल्यता रहेका विद्यालयमा कक्षा सञ्चालन गर्ने तयारी गर्छौं ।’ भाषाको संरक्षणका साथै सिकाइ प्रभावकारी बनाउन मातृभाषा कक्षाले सहयोग पुग्ने उनको भनाइ छ । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रूपमा मगर र गुरुङ भाषालाई प्रयोगमा ल्याउन नीति लिएसँगै यस्ता तालिमले मद्दत पुग्ने नगर प्रमुख न्यौपानेको विश्वास छ । भाषालाई पुस्तान्तरणका लागि सहयोग पुर्याउने उद्देश्यले प्रशिक्षकलाई तालिम प्रदान गरिएको नेपाल मगर सङ्घ व्यास नगर समितिका अध्यक्ष रिमा आलेमगरले बताइन् । समितिका अनुसार यमबहादुर आले, इन्द्रबहादुर आले, नन्दु थापा, अमर थापा, यमलाल थापा, तिलबहादुर थापा, अनुराग थापा मगरले मगर भाषा पाठ्यक्रमको प्रशिक्षण दिइरहेका छन् । सामुदायिक विद्यालयका मगर शिक्षकलाई मगर भाषा अक्खलिपी प्रशिक्षक प्रशिक्षण दिइनेछ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा उद्योग वाणिज्य सङ्घ: ८ सदस्य उम्मेदवारद्वारा घरदैलो अभियान र चुनावी टोली घोषणा
- निखिल ‘आचार्य’को टिजरलाई दर्शकको साथ,असोज ९ बाट प्रदर्शन हुँदै
- रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
- चलचित्र ‘पार्वती’को ‘पब्लिक प्रिमियर’: हलबाट गहभरि आँसु पारेर निस्किए दर्शक
- भारतीय प्रधानमन्त्री र प्रधानमन्त्री बालेनबिच कुराकानी, उद्धार र राहतमा सहयोग गर्ने
- बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
- युनिस्टार एजुकेशन दशौं वर्षमा: पोखरा वृद्धाश्रममा रासन तथा खाद्यान्न वितरण
- रसुवा बाढीः ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला
- लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन
- भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन
मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका
Next Post