सुचना, समाचार र मनोरन्जन

वडासचिव कुट्ने बन्दीपुर–६ का वडाध्यक्ष गुरुङ पक्राउ

काठमाडौँ/

वडासचिव नवीन भुसालको घाँटी अँठ्याउँदै चड्कन हान्ने तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् । वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

उपरीक्षक शाहीका अनुसार वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न भने पनि सचिव भुसालले कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएकाले विल स्वीकृत गर्न नसक्ने बताएका कुटपिट गरेका थिए ।

तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको अनुमानित लागत तयार नगरिएकोले शीर्षक र खर्च नखुलाएका स्वीकृत गर्न नसक्ने बताएका थिए । सचिव भुसालले प्रहरीसँग घाँटी अँठ्याएर झापड हानेको जानकारी दिए छन् । तर, गाउँपालिकाका अध्यक्षले भने सामान्य वादविवाद भएको जानकारी दिएको उपरीक्षक शाहीले बताए ।
वडासचिवको घाँटी र गालामा निल डाम रहेको उनले जानकारी दिए । भुसाललाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले दिएको जाहेरीका आधारमा वडाध्यक्ष गुरुङलाई इलाका प्रहरी कार्यालय बन्दीपुरले नियन्त्रणमा लिएको उपरीक्षक शाहीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.