सुचना, समाचार र मनोरन्जन

‘कमेडी दरबार’बाट विजय र नम्रता बाहिरिएपछि बुलेट बाइकमा इन्ट्री भए मनोज, होस्टमा विक्की र सजना

काठमाडौं :

प्राइभ टेलिभिजनबाट प्रशारणमा आइरहेको चर्चित रियालिटी शो ‘कमेडी दरबार’मा हास्यकलाकार मनोज गजुरेलको इन्ट्री भएको छ। उनको इन्ट्री बुलेटमा बाइकमा चढेर आएको थियो। कलाकार गजुरेल विजय बराल बाहिरिएपछि प्रवेश गरेका हुन्। गजुरेललाई कलाकार बरालकै ‘महाराज’ को भूमिकामा ल्याइएको हो।

कार्यक्रममा जोडिएका कलाकार गजुरेलले विक्कीले आफुलाई आउनु परेको भनेकाले आफु यो शोमा जोडिएको बताए। उनी कार्यक्रममा आउँदा निकै हर्षित देखिन्थेँ।महाराजसँगै यो कार्यक्रमको होस्ट पनि परिवर्तन भएको छ। पूर्वमिस नेपाल नम्रता श्रेष्ठ आफ्नै कार्यक्रमको व्यस्तता भएको कारण देखाउदै बाहिरिएपछि उनको ठाउँमा विक्की अग्रवाल र सजना खनालले गर्नेछन्। अभिनेत्री नम्रताको डेब्यु फिल्म ‘रंगी’गत शुक्रबारबाट हलमा प्रदर्शन भइरहेको छ।

विक्की कार्यक्रमका प्रोड्युसर पनि हुन्। की छन्। त्यसै गरि कमेडी दरबारको महारानीको भूमिकामा गौरी मल्लले निरन्तरता पाउने निर्माण पक्षको भनाई छ।

Leave A Reply

Your email address will not be published.