सुचना, समाचार र मनोरन्जन

‘द्रौपदी’ फिल्मको कर्णाली काटौला गीतमा टिकटक बनाउनेलाई फिल्म खेल्न र नगद पुरस्कार जित्ने अवसर

काठमाडौं :

फिल्म ‘द्रौपदी’मा समावेश गीत ‘कर्णाली काटौला’मा टिकटक भिडियो निर्माण गर्नेलाई फिल्म खेल्नका साथै नगद पुरस्कार जित्ने मौका दिएको छ। ऋषिराज आचार्य लिखित,निर्मित अनि निर्देशित यो फिल्मको गीतमा टिकटक बनाए वापत उत्कृष्टले शो अवसर पाउने निर्माण टिमले जनाएको छ।

यो गीतमा रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला.’ गीत अहिले चर्चामा छ। सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्ता मध्ये उत्कृष्ण पाँच लाई आरबि मुभीजले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँच मध्ये प्रथम हुनेलाई रु १५०००,दोश्रो स्थान हासिल गर्नेलाई रु १०,००० र तेस्रो हुनेलाई रु ५००० नगद पुरस्कार समेत प्रदान गरिने छ।

यीबाहेक १०० जना टिकटकरलाई ‘द्रौपदी’ को प्रीमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दिएको छ। टिकटक बनाएर ३द्रौपदी३चैत ८ लेखि पोस्ट गर्नुपर्ने छ । यसको नतिजा फागुन २० गते द्रौपदी फिल्मको पेज द्रौपदी नेपाली चलचित्र तथा मिडियामा प्रकाशित गरिने छ। टिकटक सबै उमेरका दर्शकले बनाउन सक्ने बताइएको छ।

ऋषिराज आचार्य,आश्विनी शाही,रबि ओड,सुजाता तिमिल्सिना,प्रकाश ज्ञवाली,कविराम भामलगायतका कलाकार मुख्य भूमिकामा रहेको फिल्म पश्चिम नेपालको डोल्पा जिल्लाको से फोक्सोन्डोलगागतका बिकट स्थानहरुमा छायांकन गरिएको हो।

Leave A Reply

Your email address will not be published.