काठमाडौं :
मिलन चाम्सको निर्देशनमा निर्माण भएको फिल्म ‘वर एण्ड बधु’को रिलिज मिति पक्का गरिएको छ । निर्माणपक्षले वितरकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति भदौको १४ गतेलाई राखिएको छ।
निर्देशक मिलन चाम्सले फिल्मलाई देशभरका हलमा रिलिज गर्ने पक्का गरिएको बताए। आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको यो फिल्ममा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ।
फिल्ममा आँचल र विवेकका अलवा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ।
फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता रहेका छन्। एलआरके प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्मलाई सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले जानकारी दिएका छन्। नेपाल र रोमानियामा छायांकन गरिएको फिल्मको हाल पोष्ट प्रोडक्शनको काम भइरहेको निर्माण पक्षले भनाई छ। सुदिप बरालको छायांकन रहेको फिल्मलाई हिमाल केसीको एक्सन निर्देशन रहेको छ ।