कास्की/
कास्कीको मादी गाऊपालिकामा माघेसंक्रान्तीको अबसरमा लाग्ने मेलाको तयारी तिब्र पारिएको छ ।बरालडाडा भगबतीबजार माघेसंक्रान्ती मेलाका लागि आबस्यक तयारी तिब्र गतिमा गरिएको आयोजक बरालडाडा तमु समाज सेवा समितीका अध्यक्ष चुम प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।
मादी नदीका किनारमा अबस्थीत भगबती मन्दीर परिसरमा यो मेला पौराणीक कालदेखि लाग्दै आएको छ । बिषेश गरि उक्त दिन मादीनदिमा स्नान गरि भगवती मन्दीरको अराधना गर्ने, उपवास बस्ने गरिन्छ । उक्त क्षेत्र र कास्की, लमजुङ्ग तथा तनहुँका मानिसहरुले भगवती देविलाई बिषेश महत्वका साथ लिने गर्दछन ।
मेलाको अबसरमा माघ १ गते देखि वडास्तरीय भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता,भजन चुडका प्रतियोगिता तथा बिबिध सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको छ । मेलामा राष्ट्रिय कलाकार लोक गायक चिज गुरुङ्ग, र्निजला गुरुङ्ग,जिवन दाहाल,मधु थापा मगर लागायतको उपस्थिती रहने आयोजक मध्ये बरालडाडा युवा क्लवले जानकारी दिएको छ । प्रतियोगितामा भलिवल तर्फ प्रथम पुरस्कार रु एक लाख तथा द्धितिय पुरस्कार साठी हजार तथा छेला च्याम्पीयन लाई रु बिस हजार पुरस्कार राखिएको छ ।