सुचना, समाचार र मनोरन्जन

आज दिउँसो र राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं,

गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेको छ । आज पनि दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशसति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेशको पहाड र तराई भेग तथा मधेश, गण्डकी र लुम्बिनी प्रदेशको तराई भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति काठमाण्डौसहित कैलाली, बाँके, बर्दिया, रुपन्देही, नुवाकोट, गोरखा, बारा, नवलपरासी, लमजुङ, मकवानपुर, दोलखा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, दाङ लगायत जिल्लामा पानी परेको छ ।

Leave A Reply

Your email address will not be published.