सुचना, समाचार र मनोरन्जन

‘रिमझिम गिरे सावन’मार्फत हिन्दीमा डेब्यु गर्दै वर्षा राउत

काठमाडौं :

अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन्। उनले हिन्दी फिल्म ‘रिमझिम गिरे सावन’का टिमले फिल्मको मुख्य भूमिकाका लागि सम्झौता गरेकी हुन्। नेपाली रजतपटहुँदै उनी विदेशी भाषाको फिल्ममा फड्को मार्न लागेकी हुन्।

उनको यो हिन्दी फिल्म पहिलो हो। यससँगै उनी विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने सशक्त कलाकारको रूपमा पाइला चालेकी छन्। निर्माण पक्षका अनुसार यो फिल्मको कथा कथावस्तु र पृष्ठभूमि यो भारतको उत्तरी सिक्किमको लाचुङको रमणीय तर दुर्गम पहाडी भूभागमा आधारित एक सामाजिक ड्रामा हो। नेपाली समुदायको परिवेश समेटिएको यस फिल्मले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’को सङ्घर्षपूर्ण कथालाई चित्रण गर्ने निर्माण पक्षको दाबी छ। निर्माण पक्षका अनुसार सोही रिमझिमको भूमिकामा राउतले अभिनय गर्न लागेकी हुन्। फिल्मले प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिलाले गर्ने भावनात्मक र साहसी सङ्घर्षलाई पर्दामा उतार्ने निर्देशक अर्नब पलले बताए।

Chaka Panja

यस फिल्ममा बलिउडका स्थापित कलाकारहरू सुब्रत दत्त, राजेश शर्मा, आशिष् विद्यार्थी र यशपाल शर्माको मुख्य भूमिका रहने छ। रिमझिमकी दिदी ‘रुन्झुन’को भूमिकामा कोलकाताकी कलाकार सुस्मिता बसुमता देखिनेछिन् भने ‘सावन’को भूमिकाका लागि एक चर्चित बलिउड अभिनेताको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ।

यस फिल्मलाई बङ्गाली चलचित्र उद्योगका बहु आयामिक निर्देशक अर्नब पलले निर्देशन गर्दैछन्। उनले यसअघि ‘तान्त्रिक’,‘मेघमल्लार’ जस्ता भावनात्मक कथा बोकेको फिल्म निर्देशन गरेका थिए। पलले ‘वृष्टि तोमाके दिलाम’बाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारिसकेका छन्। साथै उनले सान्टियागो इन्टरनेशनल ग्लोबल फिल्म अवार्ड्स लगायतका प्रतिष्ठित महोत्सवहरूमा उत्कृष्ट निर्देशकको अवार्ड जितेर अन्तर्राष्ट्रिय प्रशंसा कमाइसकेका छन्। यस फिल्ममा अनुबन्ध भइसकेपछि अभिनय यात्राको नयाँ खुड्किलो आफ्नो नयाँ यात्रा भएको वर्षाले बताईन्।

निर्देशक अर्नब पलका अनुसार वर्षाको छनोट उत्कृष्ट अभिनय क्षमताका कारण गरिएको हो। नेपाली कलाकार नै छनोट गर्नुपर्ने अवस्था हिन्दी बोल्ने तर नेपाली लवजमा हुनुपर्ने भएको कारण रहेको उनले बताए। उनले वर्षालाई मनीषा कोइरालापछिको हिन्दी सिनेमामा सशक्त नेतृत्वदायी भूमिका निभाउने नेपाली अभिनेत्रीका रूपमा चित्रण गरे।

Leave A Reply

Your email address will not be published.