सुचना, समाचार र मनोरन्जन

हिरोइन मै सिमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँ,आमाको भुमिका गर्नु हुन्न भन्ने सोच राखिन : वर्षा राउत

काठमाडौँ :

नेपाली दर्शकका लागि वर्षा राउत परिचित अभिनेत्री हुन्। दर्जनौ फिल्ममा अभिनय गरेकी वर्षालाई फिल्म ‘नाईं नभन्नु ल ४’,‘छक्का पञ्जा’ र ‘जात्रा’मार्फत दर्शकले नोटिस गरेका थिए। केहि सफल त केहि असफल फिल्ममा काम गरिसकेी उनी म्युजिक भिडियोमा पनि सक्रिय छिन्। भिडियोका लागि अभिनयमा खोजिने अत्यधिकमा पर्छिन वर्षा फिल्मकर्मीको प्राथमिकतामा । उनले ‘नाई नभन्नु ल ४’ मा काम गर्दै गर्दा एक गीतमा अभिनय गर्न दीपकराज गिरी, दीपाश्री निरौला पुगेका थिए । त्यहि वर्षालाई देखेपछि दीपकले उनलाई ‘कास्ट’ गर्ने मनसाय बनाएका थिए।
दीपकराज गिरीको हिट व्यानरमा निर्माण भएको फिल्ममा वर्षाले काम गर्ने अवसर पाइन्। दुई सफल र ‘ब्राण्ड भ्यालु’ भएको फिल्ममा काम गरिसकेकी वर्षालाई तेस्रो फिल्म ‘जात्रा’ अफर भएको थियो। उनले आफुले काम गर्दाको अतित सम्झदै आफ्ना कुराहरु सुनाईन्।

उनको लागि कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई र अभिनेता विपिन कार्कीको समूह नयाँ थियो । उनले रवीन्द्रलाई ‘टल्क जङ्ग भर्सेस टुल्के’ मा नोटिस गरेकी थिइन् भने विपिनलाई ‘भष्मे डन’मा । प्रदीपको उनले न नाम सुनेकी थिइन् न काम देखेकी थिइन। अन्तत उनले कामको अफर आउदा काम गर्ने निधो बनाईन्।

तर, स्क्रीप्ट लिएर विविध कारणले फिल्म गरेकी वर्षाको अहिले सफल फिल्मको लिस्टमा ‘जात्रा’ शृङ्खला उनको हातमा जारी छ । ‘जात्रै जात्रा’ हुँदै तेस्रो भाग ‘महाजात्रा’ सम्म आइपुग्दा उनले टिमलाई निर्धक्क विश्वास गर्न सकेकी छन्। फिल्म ‘जात्रा’ शृङ्खलाको सम्पदा अर्थात् सम्पु भनेर दर्शकले चिन्ने गरेका छन्। सुरुआत नै सफलतामा ‘ह्याट्रिक’ गरेकी वर्षाले सन् २०१६ मा तीन हिट फिल्ममार्फत दर्शकलाई मनोरञ्जन दिन सफल भईन्।षट्कोण आर्ट्सले निर्माण गरेको पछिल्लो फिल्म ‘महाजात्रा’को प्रचारप्रसारमा रहेकी वर्षासँगसँग गरिएको संवाद यस्तो छ ।

फिल्म ‘महाजात्रा’को प्रदर्शन मिति नजिकिदै गर्दा कतिको व्यस्तता बढेको छ?

अहिले त्यसैको प्रचारप्रसारमा रहेका छाँै। व्यस्तता बढेकै भन्नुपर्ला।

फिल्म यात्रामा आउँदाको कुरालाई अलिकति जोड्न चाहान्छु। तपाई म्युजिक भिडियोबाट आउनु भएको कलाकार अनि विपिन कार्की थियटरबाट? तपाईहरुको जोडीलाई ‘जात्रा’मा खुवै मन पराइदिनुभएको थियो। त्यो बेला काम गर्दा कतिको सहजता भयो ?
सुरुमा मैले पनि कसरी काम गर्ने होला ? भन्ने नसोचेकी होइन । तर, फिल्मको लागि भेटघाट भयो । हामीले वर्कशप गर्यौं । प्रेम विवाह गरेको क्यारेक्टर भएकाले हामी बीचमा कुराहरू शेयर गर्न लजाउनु हुँदैन् भनेर त्यहि अनुसार वर्कशप गर्यौं । त्यसले गर्दा मलाई सेटमा निकै सहज भयो । अहिले त हामी फिल्मी परिवार नै भइसकेका छौँ ।

तपाईको महाजात्राको क्यारेक्टर सम्पदा (सम्पु) रहेको भन्ने सुनिन्छ? उनकोे स्वभाव कस्तो छ,भन्न मिल्छ?

सम्पु एउटा असल र इमान्दार महिला हो । त्यहि भएर उसले फडिन्द्रसँग आफ्नो जीवन बिताउने निर्णय गरेकी हो । प्रेम विवाह गर्न सम्पुलाई फडिन्द्रको इमान्दारिताले आकर्षित गरेको हो । ‘महाजात्रा’मा अझैँ सङ्घर्षशील गृहणी बनेकी छ । परिवारमा छोरी थपिएसँगै अहिले अरुको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मेहनत गर्ने गृहणी बनेकी छ । परिवारको लागि सङ्घर्ष गरिरहेकी महिला हो सम्पु भन्नुस् या सम्पदा ।

फिल्ममा तपाइँको प्रेम विवाह भभएको देखाइएको थियो। तर प्रेम प्रसङ्ग कमै गरेका पाइन्छ नि,तपाईलाई कस्तो लाग्छ?

हाम्रो प्रेम कथालाई ‘जात्रै जात्रा’मा देखाइएको थियो । यसलाई दर्शकले पनि रुचाउनुभयो । हाम्रो परिवार नै सङ्घर्षमा छ, जहाँ प्रेमसँगै अन्य विविध पाटोलाई चित्रण गर्नुपर्ने छ । फेरी मूल कथानै जात्राको हो । त्यसकारण यसमा चाहिने जति प्रेम छ ।

फिल्ममा तपाईको सिक्वेल अनुसार फरक फरक छ। पहिलो फिल्ममा हिरोइन,दोस्रोमा श्रीमती र तेस्रोमा आमा बन्नु भएको छ। कस्तो लागिरहेको छ?

त्यस्तै भयो । तर, मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित नै आएकी थिएँ । म हिरोइन मै सिमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न् की भन्ने नै लागेन । कथा अनुसार आमाको भुमिका निर्वाह गर्न असजह लागेन।

तपाइँको बुझाईमा ‘महाजात्रा’ कस्तो खाल्को फिल्म हो?

‘महाजात्रा’ को एउटा पारिवारिक र सामाजिक फिल्म हो । हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । यहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छ । यो स–परिवार हेर्नुपर्ने फिल्म हो ।

तपाईको डेब्यु वर्षमै तीन सफल फिल्म दिनुभएको थियो। त्यसमा गरेको भूमिकामा फरकपना आएन भन्ने सुनिन्छ नि ?

कुनै पनि कलाकारलाई ‘टाइप कास्ट’ हुन् मन हुँदैन । तर, निरन्तरता पनि हाम्रो बाध्यता नै हो । हामीले आइरहेको प्रस्तावमा आफूलाई राम्रो लाग्ने भूमिका छनोट गर्नुपर्छ । केही समय फिल्ममा देखिएन भने फलानो हरायो भनेर खबर आउँछ । त्यसैले आफूलाई पर्दामा ल्याईराख्नु पर्ने दबाबसँगै फरक गर्नु पत्रने चुनौती पनि हामी कलाकारलाई हुन्छ । र, मैले पछिल्लो भूमिका भन्दा फरक होस् भने हरेक पटक प्रयास गरिरहेकी हुन्छु ।

तलाईको चाहाना अबको फिल्ममा कस्तो देखिन मन छ ?

मलाई कमर्सियल भ्यालू बोकेको आर्ट फिल्ममा देखिन मन लागिरहेको छ ।

अन्तमा अघिल्लो श्रृंखला जस्तै ‘महाजात्रा’ले दर्शक बटुल्न सक्ला,के अनुमान गर्नु भएको छ?

‘जात्रा’ शृङ्खलाले पनि समीक्षात्मक र व्यावसायिक सफलता पाइरहेको छ । मलाई समाजले देखिरहने तर महसुस गर्न नसकेको कथलाई पर्दामार्फत दर्शकसम्म पु¥याउन मन छ । ती पात्र प्रति समाजले निर्माण गर्ने दृष्टिकोण, पात्र भित्रको मनोविज्ञान र जीविकोपार्जनका लागि गरिने सङ्घर्ष आफ्नो पात्रबाट व्यक्त गरौँ भन्ने लाग्छ ।

Leave A Reply

Your email address will not be published.