सुचना, समाचार र मनोरन्जन

दिव्याको ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’जताततै चर्चा,निर्माण टिम हर्षित

काठमाडौं :

संगीतकार अर्जुन पोखरेलको निर्माणमा बनेको फिल्म ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ले चर्चा पाएको छ। गीतले चर्चा पाएसँगै निर्माण टिम हर्षित बनेका छन्।

डिजिटल प्लेटफर्ममा युट्युबमा ४ दिनमै युट्युबमा १३ लाखभन्दा बढी भ्युज बटुलेको छ भने यस गीतमाथि मात्रै २ लाख ५० हजार भन्दा धेरै टिकटक गीतको भिडियो बनेका छन्। यता फेसबुक र इन्स्टाग्रामका रिल्सहरूमा पनि बनेपछि निर्माण टिमले एकआपसमा खुशी साटिरहेका छन्।

अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओड जस्ता चर्चित गायक(गायिकाको संयुक्त स्वरले गीतमा बेग्लै ऊर्जा भरेको छ। भर्सटाइल गायन शैली र बलियो फ्यान फलोइङको फाइदा पनि गीतले मज्जाले उठाएको छ।

गीतको भिडियोमा टिकटक स्टारका रूपमा उदाएका पारस बम ठकुरी (कुल ब्वाय), अभिनेत्री दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङले कम्मर मर्काएका छन्। विशेषगरी पारस र दिव्याको अनस्क्रिन केमेस्ट्री र उनीहरूको क्रेजले युवापुस्तालाई आकर्षित गरेको छ। सियोन श्रेष्ठले तयार पारेको डान्सको ‘हुक स्टेप’नाच्न निकै सजिलो र रमाइलो भएका कारण सर्वसाधारणदेखि सेलिब्रेटीसम्मलाई टिकटक बनाउने हुटहुटी चलेको हो। यही सोसल मिडिया च्यालेन्ज नै गीत भाइरल हुने प्रमुख कडी बनेको छ।

फर्स्टलुक पोस्टर र नामबाटै राम्रो चासो जगाएको यो फिल्मलाई यो गीतको ट्रेन्डले थप हाइप दिएको छ। सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा भिडियोमा देखिएका चार कलाकारका अलावा सन्तोष बानियाँ,सरिता गिरी,विशाल पहारी,कर्मा लामा, दीपक गौली,विमल यादव, अविरल श्रेष्ठ,सविन कट्टेल र समायरा थापा मगरको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको यस प्रोजेक्टमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। त्यसैगरी, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह(निर्माता तथा कोशिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्। फिल्म आगामी भदौ २६ गते हलमा लाग्दैछ।

Leave A Reply

Your email address will not be published.