सुचना, समाचार र मनोरन्जन

सौगातले गरे ‘पञ्चमी’ निर्माणको घोषणा, उपन्यासबाटै बन्दैछ साइकोलोजिकल मिस्ट्री थ्रिलर

काठमाडौं :

सौगात बस्नेतले फिल्म ‘पञ्चमी’को निर्माण गर्ने भएका छन्। लामो समयदेखि पर्दापछाडि रहेर नेपाली फिल्मलाई नजिकबाट बुझेका बस्नेतले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्।

‘थ्रिलर’ विधामा नयाँ आयाम थप्ने संकेत गर्दै निर्माण टिमले को थिम पोस्टर सार्वजनिक औपचारिक घोषणा गरिएको हो। सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको, माथि त्रिशूल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र।

यसअघि निर्देशकले दीपेन्द्र के खनाल लगायतका निर्देशकसँग चिफ एडी र कार्यकारी निर्माताका रुपमा काम गरेका छन्। ‘पञ्चमी’ मौलिक कथा नभई एउटा उपन्यासको रूपान्तरण हो, तर निर्देशक बस्नेतले कुन उपन्यास र कुन लेखकको कृतिमा यो आधारित छ भन्ने कुरा अहिले खुलासा गरेका छैनन्। कलाकार, पटकथा लेखक वा प्राविधिक टिमबारे हाल केही जानकारी सार्वजनिक गरिएको छैन्। आगामी दिनहरूमा बिस्तारै जानकारी सार्वजनिक हुँदै जाने र छिट्टै फिल्मको झलक आउने निर्देशक बस्नेतले बताए।

Leave A Reply

Your email address will not be published.