सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : बेनिशाकै ‘सिटामोल’ र ‘मोहर’

काठमाडौं :

शुक्रबारबाट दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ एकसाथ प्रदर्शनमा आएका छन्। ‘मोहर’ र ‘सिटामोल’ कथावस्तुको हिसाबले फरक भए पनि दुवैमा मुख्य अभिनेत्रीमा बेनिशा हमाल छिन्।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’मा बेनिशासहित पल शाह, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय छ। देउकी कुप्रथा ९बाइसे(चौबिसे राज्यको समयमा देवी(देवताको सेवा गर्न केटी चढाउने प्रचलन०को कथालाई केन्द्रमा राखेर बनेको फिल्मका निर्माता चुम्बनजंग शाही हुन् ।

राजबहादुर सानेको निर्देशनमा बनेको ‘सिटामोल’मा भने बेनिशासहित सौगात मल्ल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय छ। ‘हात्तीछाप’का निर्देशक सिमोस सुनुवार प्रस्तुतकर्ता रहेको फिल्ममा राजबहादुर साने र प्रदीप भारद्वाजको लेखन छ।
यि दुई सहित एक दर्जन फिल्म हलमा प्रदर्शन भइरहेका छन्।

Leave A Reply

Your email address will not be published.